प्रधानमन्त्रीलाई असफल बनाउन खोज्नु, पुनः अस्थिरता निम्त्याउने षडयन्त्र हो

Mohan Bastola

काठमाडौँ क्षेत्र नम्बर–९ बाट प्रदेशसभामा निर्वाचित डाक्टर अजयक्रान्ति शाक्य प्रदेश नम्बर–३ का सांसद हुनुहुन्छ । पार्टी भित्र पनि वौद्धिक व्यक्तिको छवि बनाउनु भएका शाक्य वर्तमान सरकार निर्माण भएदेखि नै ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ भन्ने अभियानलाई प्रतिवद्ध ढंगले अघि बढाउँदै आएको बताउनुहुन्छ । लाखौँ कार्यकर्ताको खुन–पसिना खर्च भएर वर्तमान विशाल पार्टी बनेको धारणा राख्ने उहाँ शीर्ष नेताहरुबाट जानेर वा नजानेर केही कमजोरी भए भने पनि त्यसलाई सच्याएर अघि बढ्नु पर्ने बताउनु हुन्छ । त्यसका लागि कार्यकताको पनि खवरदारी आवश्यक रहेको उहाँको धानारणा छ । उहाँ पार्टी अध्यक्ष समेत रहनु केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असफल बनाइयो भने पार्टीमात्र होइन मुलुक पनि पूर्ण रुपमा अस्थिरतातिर जाने निश्चित भएको दाबी गर्नुहुन्छ । सांसद शाक्यसँग यि नै विषयमा केन्द्रित भएर गरिएको कुराकानीः

अहिले दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार नेपालमा छ । यो सरकारको काम–कारवाहीलाई कसरी लिनुभएको छ ?

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको स्पष्ट बहुमत अझ भन्ने हो भने दुई–तिहाई बहुमतको पहिलो सरकार हो । त्यसकारण पनि यो सरकारबाट नेपाली जनताले ठूलो आशा गर्नु अस्वाभाविक होइन । तर, यो सँगै बुझ्नु पर्ने अर्को महत्वपूर्ण कुरा भनेको सरकार बन्ने वित्तिकै जादुको छडी हुंदैन । विधि र प्रक्रृयालाई मानेरै सवै विकासका कामहरु गर्नुपर्ने हुन्छ । यसकारण पनि आमुल परिवर्तनको आभास गर्न केही समय लाग्छ । यो सरकार निर्माण भएदेखि नै ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ भन्ने अभियानलाई प्रतिवद्ध ढंगले अघि बढाउँदै आएको छ । समग्रमा भन्ने हो भने दुई वर्षको अवधिमा यो सरकारले सवै क्षेत्रमा उल्लेख्य रुपमा काम गरेको छ । जुन वर्तमान समयको सवै आर्थिक सूचकहरु हेर्ने हो भने स्पट हुन्छ ।

यो सरकार निर्माण भएपछि यो बीचको अवधीमा विभिन्न खाले ऐन–कानुन निर्माण गर्ने, नियमावली, कार्यविधिहरु बनाउने जस्ता कुरामा बढी समय खर्च गर्नु पर्यो । त्योसँगै यो सरकारले विकास निर्माणका कामलाई पनि त्यहि अनुरुप अघि बढाएको छ । यो दुई वर्षको अवधिलाई हेर्ने हो भने र्पूवाधार विकासका कामहरु उलेख्य रुपमा अघि बढेको छ । कतिपय कुरा हेराइमा पनि फरक पर्छ । सकारात्मक सोँचका साथ हेरियो भने केही भएको छ । तर, नकरात्मक सोँचबाट मात्रै हेर्ने हो भने त सकारात्मक काम नदेखिन सक्छ नि ? आगामी वर्षसम्म आर्थिक वृद्धिदर ८ प्रतिशत हाराहारीमा पुग्ने प्रक्षेपण विश्व बैँङ्कले गरेको छ । त्यसकारण पनि नेपाला सरकारले अहिले गरेका कामबाट आर्थिक समृद्धिको अभियान सकारात्मक रुपमै अघि बढेको छ भन्न सक्छौँ । यद्यपि वर्तमान समयमा विश्वव्यापी समस्यको रुपमा देखा परेको कारोना भाइरसको आतंकलगायतका कारणले विश्व अर्थतन्त्रमा नै नकरात्मक प्रभाव पार्ने संकेत देखिएकोले यसको प्रभाव नेपालम पनि पर्न सक्छ । यो चुनौतिलाई सवै मिलेर सामना गर्नु पर्ने बेला आएको छ ।

सरकार सङ्ख्याको हिसावमा दुईतिहाई भए पनि बेलाबेलामा पार्टी भित्रैबाट प्रधानमन्त्रीज्युलाई अल्पमतमा पार्ने खेलहरु हुने गरेका छन् । बेला बेलामा पार्टी भित्र आउने यस्तो उछालहरुले गर्दा सरकार जुन गतिमा अघि बढ्नु पर्ने हो त्यो अझै हुन नसकेको अभास भएको छ । तर शीर्षस्थ नेताहरुले यो उछालको सही व्यवस्थापन गर्नुहुन्छ जस्तो मलाई लाग्छ ।

अहिले नेकपा भित्र जुन खालका उछालहरु देखिएका छन्, यसलाई चाँहिकसरी लिनुभएको छ ?

सरकार सङ्ख्याको हिसावमा दुईतिहाई भए पनि बेलाबेलामा पार्टी भित्रैबाट प्रधानमन्त्रीज्युलाई अल्पमतमा पार्ने खेलहरु हुने गरेका छन् । बेला बेलामा पार्टी भित्र आउने यस्तो उछालहरुले गर्दा सरकार जुन गतिमा अघि बढ्नु पर्ने हो त्यो अझै हुन नसकेको अभास भएको छ । तर शीर्षस्थ नेताहरुले यो उछालको सही व्यवस्थापन गर्नुहुन्छ जस्तो मलाई लाग्छ ।

अहिले उपाध्यक्ष वामदेव गौतमलाई सांसद बनाउने विषयले निकै ठूलो चर्चा पाएको छ । यो विषयलाई चाँहि कसरी लिनुभएको छ ?

अहिलेको परिपेक्षमा दुई अध्यक्ष कमरेड प्रचण्ड र केपी शर्मा ओलीबीच प्रष्टसँग पाँच वर्ष सम्माननीय केपी शर्मा ओलीले प्रधानमन्त्री चलाउने र प्रचण्ड कमरेडले कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने सहमति भएको हो । अहिले त्यो सहमतिलाई दाँया–वायाँ गर्ने खेल कहिँ कतैबाट हुनु भनेको दुर्भाग्यपूण कुरा हो । त्यसले पार्टीलाई त हित गर्दैनन् नै स्वंय व्यक्तिलाई पनि हित गर्दैन । सहमतिमा इमान्दारिता नदेखाई पार्टी भित्रै प्रधानमन्त्रीज्युलाई अल्पमतमा पार्ने प्रयास गर्नु भनेको फेरि जनादेश विपरीत अस्थिरता निम्त्याउने षडयन्त्र मात्र हो भन्ने आम जनताको बुझाई छ ।

यस्ता हल्का–फुल्का विषय बनाएर संविधान संशोधन गर्ने प्रयास हाम्रो पार्टी नेतृत्वबाट होला भन्ने मैले सोचेको छैन । एउटा व्यक्तिलाई प्रधानमन्त्री बन्ने बाटो खुला गर्नका लागि संविधान नै संशोधन गर्ने भन्ने कुरा हाँस्यासपद मात्रै हो । यस्तो कुरामा यदि नेतृत्वले चासो देखायो भने पनि कार्यकर्ताले स्वीकार गर्लान भन्ने मलाई लाग्दैन । यस्तो गम्भीर कुरामा आम जनताको र कार्यकर्ताको भावनालाई पनि आत्मासात गर्नुपर्दछ ।

अहिले वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ने गरी संविधान संशोधन गर्नेसम्मका कुरा पनि आएका छन् नि ?

यस्ता हल्का–फुल्का विषय बनाएर संविधान संशोधन गर्ने प्रयास हाम्रो पार्टी नेतृत्वबाट होला भन्ने मैले सोचेको छैन । एउटा व्यक्तिलाई प्रधानमन्त्री बन्ने बाटो खुला गर्नका लागि संविधान नै संशोधन गर्ने भन्ने कुरा हाँस्यासपद मात्रै हो । यस्तो कुरामा यदि नेतृत्वले चासो देखायो भने पनि कार्यकर्ताले स्वीकार गर्लान भन्ने मलाई लाग्दैन । यस्तो गम्भीर कुरामा आम जनताको र कार्यकर्ताको भावनालाई पनि आत्मासात गर्नुपर्दछ ।

प्रधानमन्त्रीज्युलाई घेराबन्दी गर्न पनि यस्ता प्रयास भएका छन् भन्ने पनि आरोप छ नि ?

म वर्तमान प्रधानमन्त्रीज्युको पूर्व सल्लाहकारको जिम्मेवारी पाएर काम गरिसकेको हिसावले भन्नु पर्दा पार्टी एकीकरण गर्ने ठूलो जिम्मेवारी उहाँको काँधमा थियो । सायद उहाँ मुलुकका लागि गम्भीर नभइ दिएको भए अर्थात उहाँ क्रियाशील भएर नलागेको भए सम्भवतः पार्टी एकीकरण हुने थिएन । हामीले उहाँले विगतमा गरेका कामलाई हेर्ने हो भने पनि उहाँको राम्रो नेतृत्वको कारणनै नेकपा सफल हुँदै गएको देखिन्छ । र आम जनताको विश्वार जित्न पनि सफल भएको देखिन्छ । यस्तो अवस्थामा पार्टी भित्रकै केही व्यक्ति, विपक्ष दलहरु, प्रतिक्रियावादीहरु र देशी–विदेशी शक्ति आत्तिएर उहाँलाई घेराबन्दी गर्ने प्रयासमा लागेको हुन सक्छ । यस्ता प्रयासहरु पटक–पटक हुने गरेका हामीले देखेकै छौँ । अहिलेको पछिल्लो प्रयास पनि त्यसैको निरन्तरता हो । त्यहाँ केही व्यक्तिले आफ्नो व्यक्तिगत महत्वकांक्षाका कारण पनि यस्तो गराइरहेका छन् भन्न सकिन्छ । वर्तमान प्रधानमन्त्रीज्युलाई असफल बनाएर फाइदा लिने खेल पनि यस भित्र नहोला भन्न सकिन्न । यो सबै जनताले पनि छर्लङ बुझेको कुरा हो ।
यो पार्टी लाखौँ कार्यकर्ताको खुन–पसिना खर्च भएर बनेको छ शीर्ष नेताहरुको मात्र होइन । त्यसैले नेताहरु बाटै पनि जानेर वा नजानेर केही कमजोरी हुन्छन् भने र त्यसले पार्टीमा गम्भीर नकरात्मक प्रभाव पार्छ भने त्यसको खवरदारी कार्यकताहरुले पनि बेलैमा गर्न आवश्यक हुन्छ । त्यस्तो अवस्थामा नेतालाई सचेत बनाउन कार्यकर्ताको बुलन्द आवाज आवश्यक हुन्छ । आखिर देश रहे नै हाम्रो अस्तित्व रहेन हो । समृद्ध र शान्त देश रहेनै हामी जनता सुखी रहने हो ।

यदि यो सरकारलाई असफल बनाइयो भने पार्टीमात्र होइन मुलुक पनि पूर्ण रुपमा अस्थिरता तीर जाने निश्चित छ । त्यसैले यो कुरालाई हेक्का राखेर सबै शीर्ष नेताहरु एक ठाउँमा एकमतका साथ उभिनु पर्दछ र हामी नेपालीलाई स्थायी सरकारको अनुभूति दिन र समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न व्यक्तिगत स्वार्थ छोडेर दिलो ज्यान दिएर महाअभियानको रुपमा लाग्न जरुरी छ ।

नेकपालाई असफल बनाउन बाहिरबाट विभिन्न प्रयासहरु भै रहेका बेला पार्टी भित्रैबाट पनि यस्तो उछाल आउनु त निश्चय पनि राम्रो संकेत होइन नि, तपाईँलाई कस्तो लाग्छ ?