अपाङ्गता भएकी पौडेलनी बजैको दर्दनाक अवस्था

Smrit

–सुन कुमार अवाल
काठमाडौं। आफ्नाहरु नहुनुको पीडा अनि आफ्नाहरुवाट विछोडिएको समय मानिसको लागि अत्यन्त पिडादायी समय हो। यही समयले गर्दा पौडेलनी बजैहरुलाई सडक, बाटो अनि गल्लीहरुमा पापी पेट पाल्नका लागि मागेर खानु परेको छ।

एकातिर आफन्त नहुनुको पीडा अर्कोतिर अपाङ्गताको कारण सडकमा माग्नु वाहेक विकल्प नभएको बताउने पौडेलनी बजैले संसारमा आफ्नो भन्ने कोही नभएको भन्छिन्। बालाजु बाइसधारा त कहिले जमलको विश्वज्योति हलनेरको सडक किनारामा भेटिने पौडेलनी बजैको सहारा भनेकै बैशाखी हो।

 

 

बैशाखीको भरमा सडकमा माग्न बस्ने पौडेलनी बजैलाई आफ्नो सही नाम पनि थाहा छैन्। पौडेल बाजेको श्रीमती भएको कारण सवैले उनलाई पौडेलनी बजै भन्ने गरेको उनकै भनाई रहेको छ। कुनैबेला पौडेल बाजे जिवित हुंदा राजाको गाउं भन्ने महाराजगञ्ज नारायण गोपाल चोकनेर घर भएको र पछि सवै सकेको अनि सडकमा आएको बताउने पौडेलनी बजै बालाजुपारि तारकेश्वर तिर बस्ने गरेको भनेतापनि कुनै ठेगान नभएको पिडा सुनाउंछन्।

उपचार खर्च मात्र पनि महिनामा पाँच देखि सात हजार पर्ने गरेको वताउने पौडेलनी बजै जस्ता अपाङ्गता भएकाहरुको सही संरक्षण र उपयुक्त बाँच्ने आधार बनाउन सरोकार निकायको ध्यान जानु आवश्यक छ।