जीवित देवी कुमारीको रथयात्रासँग जोडिएको ऐतिहासिक पक्ष र महत्व

काठमाडौँ । ऐतिहासिक जीवित देवी कुमारीको रथयात्रा सुरु हिजोबाट भएको छ । जीवितदेवी कुमारीलाई कुमारी घर अघिबाट रथमा राखेर कुमारी रथयात्रा सुरु भएको हो ।

परम्परा अनुसार इन्द्रजात्राको तेस्रो दिन अर्थात् हिजो भाद्रशुक्ल चतुर्दशीमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथलाई काठमाडौंको क्वःने (तल्लो भेग) मा तान्ने चलन छ । रथयात्रा अघि राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमान ढोकास्थित गद्दी बैठकमा सवारी भई कुमारीको प्रसाद ग्रहण गरी रथयात्रा प्रारम्भ गर्ने चलन छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गर्नु अघिसम्म इन्द्रजात्रामा श्री कुमारीको रथयात्रा हुँदा गद्दी बैठकमा बसी जात्रा अवलोकन गर्ने, कुमारीको प्रसाद ग्रहण गर्ने, नानीचायाःका दिन कुमारीघर गई श्री कुमारी, श्री गणेश र श्री भैरवबाट टीका ग्रहण गर्ने कार्य राजाका तर्फबाट गरिने चलन थियो अहिले यी सबै धार्मिक साँस्कृतिक अनुष्ठानहरु राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिबाट सम्पन्न हुँदै आइरहेको छ । (भिडियोसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *