थापाथलीस्थित खाद्यमा खसीबोकाको व्यापार खुला

काठमाडौं, १२ असाेज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि खसीबोका र च्याङ्‍ग्रा बिक्री खुल्ला गरेकाे छ।

कम्पनीले थापाथलीस्थित खाद्य गोदामबाट खसीबोका र च्याङ्‍ग्राको आजदेखि बिक्री खुल्ला गरेकाे हो।

कम्पनीले ज्युँदाे च्याङ्‍ग्राको मूल्य प्रतिकेजी १२ सय ५० रुपैयाँ निर्धारण गरेको छ। भने ज्युँदाे खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकिएको छ ।

कम्पनीले दशैंमा १८ सय खसीबोका र ५ सय च्याङ्‍ग्रा बिक्री गर्ने छ ।

कम्पनीले विभिन्न स्थानमा खरिद गरेर ४ सय खसीबोका र २ सय च्याङ्‍ग्रा काठमाडौं भित्र्याइसकेकाे छ भने बाँकी आउने क्रममा रहेकाे जनाएकाे छ ।