च्याङ्ग्रा प्रतिकिलो एक हजार ३०० मा बिक्री

भक्तपुर, १३ असोज । दशैं शुरु भए लगतै बजारमा खसी बोका च्याङ्ग्राको भाउ पििन बढ्न थालेको छ । दशैं जस्तो हिन्दुहरुको महान चाडमा मासुको भाउ बढ्नु स्वभाविक नै हो । यसमा पनि विशेष गरी काठमाडौं उपत्यकामा अरु बेला सामान्य रुपमा नपाईने तर दशैंमा भने हिमाली भेग देखि ल्याएर बेचिने भएकोले पनि च्याङ्ग्राको माग बढ्नु स्वभाविक नै हो ।

अहिले मनाड मुस्ताड आदि हिमाली भेगबाट केही दिन अघि काठमाडौं उपत्यकामा बेचबिखन गर्न ल्याइएको च्याङ्ग्रा यहाँ आईपुगेको छ । अहिले काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा ती च्याङ्ग्रा बेच्न शुरु गरिसेको छ ।

यसैक्रममा भक्तपुरको सल्लाघारी चौरमा दसैँ मनाउनका बिक्रीका लागि राखिएका मुस्ताङबाट ल्याएका च्याङ्ग्रा । च्याङ्ग्रा प्रतिकिलो एक हजार ३०० मा बिक्री गर्ने गरिन्छ । सल्लाघारी चौरमा करिब ७०० च्याङग्रा बिक्री गर्ने लक्ष्य रहेको व्यापारी बताउँछ । तस्बिर : रत्न श्रेष्ठ