काठमाडौंकाे चन्द्रागिरीबाट अवैध लागूऔषध सहित एकजना पक्राउ
काठमाडौं, १३ असाेज । काठमाडौंकाे चन्द्रागिरीबाट अवैध लागूऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सुनसरी सुनौलो नगरपालिका-२ बस्ने २७ वर्षीय निर्मल कार्की रहेका छन् ।
प्रहरीले उनकाे साथबाट लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रोनोर्फिन १ सय एम्पुल सहित बुधबार चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट पक्राउ परेकाे हाे ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५९१ नम्बरको बसमा जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको जनाएकाे छ ।