सूर्यध्वजाबहाक उम्मेदवार विजयी गराउन प्रगतिशील वौद्धिक समाजको चुनाव केन्द्रित भेला
 
                              काठमाडौँ, ५ कत्तिक । नेकपा (एमाले) मा आवद्ध काठमाडौं निर्वाचन क्षेत्र २ का प्रगतिशील वौद्धिक समाजको भेलाले सो क्षेत्रबाट सूर्यध्वजाबहाक उम्मेदवारलाई विजयी बनाउने उदेश्यका साथ निर्वाचन केन्द्रित भेलाको आयोजना गरेका छन् । खहरेचोकस्थित सान बैङ्केटमा आयोजित सो भेलामा मंसिर ०४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेका तर्फबाट उम्मेदवारसँग परिचयात्मक तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सहईञ्चार्ज भगवान प्रसाद दाहाल ,काठमाडौं २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार सानुकुमार श्रेष्ठ, काठमाडौं २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार सुवर्ण श्रेष्ठ, समानुपातिक तर्फका उम्मेदवार, प्रेमकुमार पराजुली, जिला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटी संयोजक कृष्ण बजगाईंलगायतले एमालेले विगतमा गरेका काम र राष्ट्रियताको मुद्धा एमालेको अडान जितको आधार भएको बताउनु भएको थियो । पनि आफ्ना भनाई राख्दै सूर्यध्वजाबहाक उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिनुभएको थियो ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार एव बागमती प्रदेश कमिटीका सदस्य तथा क्षेत्र नम्बर २ का पार्टी ईञ्चार्ज फुयाँलको प्रमुख आथित्यतामा सम्पन्न भेलाको अध्यक्षता प्रगतिशील वौद्धिक समाजका संयोजक नारायण प्रसाद आचार्यले गर्नुभएको थियो भने प्रगतीशिल बौद्धिक समाजका सदस्य बालकुमार बास्तोलाले गर्नुभएको थियो । समाजका सदस्य नरेन्द्र शिवाकोटीले स्वागत गर्नु भएको थियो । प्रोफेसर, डाक्टर, साहित्यकार, सेवा निवृत्त कर्मचारी विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरुको सहभागिता रहेको समाजले आयोजना गरेको कार्यक्रममा सो क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			