कात्तिकमै ‘मधुमास’को बिमोचन
दाङ, १३ कात्तिक । भर्खरै जाडाेकाे सिजन सुरू हुँदै गर्दा ‘मधुमास’को बिमोचन भएकाे छ । किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा रहेको आधुनिक गीति सङ्ग्रह मधुमासको विमोचन गरिएको हाे ।
दाङको घोराहीमा राप्ती साहित्य परिषद्को आयोजनामा उक्त आधुनिक गीति सङ्ग्रह मधुमासको विमोचन गरिएको छ । सङ्ग्रहमा छ जना सर्जककाे छ वटा गीतहरूकाे संगालाे रहेकाे छ ।
गीति सङ्ग्रह मधुमासमा गीतकार नरेश खड्काको तिम्लाई माया गर्ने मुटु, प्रकाश केसीको सानो कुरामा फाटेको मन, प्रबल बिष्टको दुई मुटुको साईनो, खड्ग विवश विसीको कहाँनेर छुट्यो भाग्य, सुशील पुन बिरहीको यति चोट दियौ तिमीले, अभि क्षेत्री समर्पणको नसोध भो कस्तो बित्छ रात बोलको गीत समावेश छन ।
सङ्ग्रहका गितमा रामकृष्ण ढकाल, प्रमोद खरेल , अन्जु पन्त , प्रबिशा अधिकारी पूर्णिमा लामा, रचना रिमाल , प्रवीण बेडवाल र अनन्त केसीको स्वर रहेकाे छ ।