नेपालगञ्जमा बम बनाउँदा बनाउँदै बिस्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

बाँके, १ मंसिर । बाँकेकाे नेपालगञ्जमा बनाउँदै गरेको बम बिस्फोट भएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको हाे।
क्षेत्री नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष हुन् ।
उनको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतारमा भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो।
सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन्। बडुवालको अवस्था गम्भीर रहेको छ। घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ।
कोठाभित्र भेटिएको दुइवटा बममध्ये एउटा विष्फोट नभएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए।
स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताताहरुले बम बनाइरहेका थिए। प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेका छन्।