चितवनमा रवि लामिछानेको जित सुनिश्चित

काठमाडौं, ८ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।

हालसम्म लामिछानेले २९ हजार २१६ मत ल्याइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।

अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेका कारण जित सुनिश्चित बनेकाे हाे । केही महिनाअघि मात्र बनेको रास्वपाले ५ स्थानमा जितिसकेको छ ।