गीतकार उपाध्यायले २२ विश्व कीर्तिमान थप्दै १३२ पुर्याए

काठमाडौँ, १३ मंसिर । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले २२ विश्व कीर्तिमान थप्दै १३२ पुर्याएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उक्त २२ विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । उक्त कीर्तिमान उपाध्यायलाई विश्व रेकर्ड प्रदान गर्ने विभिन्न ११ संस्थाले प्रदान गरेको हो ।

उपाध्यायले यसअघि विभिन्न विधामा गिनिज बुकअफ वल्ड सहित ११० विश्व रेकर्ड कायम गरेका छन् ।

अहिले थपिएको २२ रेकर्ड २५ गीत म्युजिसियनले २५ एकैथलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको ए देखि जेड सम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्वम विमोचन, आफ्ना गीतको ४५ ओटा भिडियोको एक एल्वम, र्याप गीत ४÷४, २÷४, ६÷८ र ३÷४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता लगायत बिधाबाट प्राप्त गरेका हुन् ।

उनलाई यो प्रमाण पत्र एभरेष्ट वल्ड रेकर्ड, च्यापियन बुक अफ वल्ड रकेर्ड, एशियन वल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द व्रिटिस वल्ड रेकर्ड, एक्सकुलुसिभ वल्ड रेकर्ड, युआरएफ वल्ड रकेर्ड, सुप्रिम वल्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वल्ड ट्यालेन्ट बुक जस्ता वल्ड रेकर्ड प्रदान गर्ने संस्थाले दिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि झाले डा. उपाध्यायका कर्म उहाँका लागि मात्र नभएर देशकै लागि गौरव बिषय भएको बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोट र खनाल समाजका महासिचव माधव खनाल लगायतले कार्यक्रममा गीतकार उपध्यायको प्रसंसा गरे ।

सार्वजनिक ‘अविच्छिन्न’ एल्वममा ‘चितामाथी जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिँदा’ जस्ता ४ गीत छन् । जसमा सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत र विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीले स्वर दिएका छन् ।