पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन – मुख्यमन्त्री राई
मोरङ, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेस सरकारसँगको बजेटको सीमितताले सञ्चार क्षेत्रमा चाहे अनुसार धेरै काम गर्न नसकेको पनि उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश सरकारले पत्रकार महासङ्घको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।