राष्ट्रिय सभा उपचुनावका लागि निर्वाचन आयोगले दियो दल दर्ता गर्ने समय

काठमाडाैं, २४ पुस । निर्वाचन आयोगले रिक्त रहेकाे राष्ट्रिय सभा सदस्य एक पदमा हुने उपचुनावका लागि दल दर्ताकाे समय दिएको छ।

आयोगले एक सूचना निकालेर पुस २५ गतेदेखि पुस २८ गतेसम्म दल दर्ता गरिसक्न आग्रह गरेको हो। आगामी माघ २५ गते राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ।

केन्द्रीय सदस्य संख्या, विधान, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, महाधिवेशन र मितिलगायत विवरण खुलाएर दल दर्ता निवेदन पेश गर्न आयोगले दलहरूलाई आग्रह गरेको छ।