काठमाडौँ महानगरपालिकाको ज्यादतीविरुद्ध सभागृह अघिबाट मेयर बालेनलाई खवरदारी (भिडियो रिर्पोट)
काठमाडौं, ६ माघ । काठमाडौं महानगरपालिकाले गरेको पछिल्लो ज्यादतीकाविरुद्ध काठमाडौं महानगरवासीले राष्ट्रिय सभागृह अघि विरोध प्रदर्छन गरेका छन् । सुमन सायमीलगायतले आज विरोध प्रर्दशन गरेका हुन् ।
मुख्य गरेर पछिल्लो समय वडा ३१ को शंखमुलमा महानगरपालिकाले नीजि जग्गा कब्जा गर्ने प्रयासका विरुद्ध उनीहरुको आक्रोश थियो । पछिल्लो समय अभियन्ता, महानगरबासी र रैथानेहरुलाई पनि बालेन शैलीले झस्काई दिएको छ ।
उनीहरुले माघ १५ मा खवदारी कार्यक्रमको समेत आयोजना गरेका छन् । आज काठमाडौं महानगरपालिकाको १२ औँ नगरसभा वैठक चल्नु अघि न्याय माग्दै मुलढोकामा प्रर्दशन गर्न पुगेका पीडितले आफ्नो आवाज बुलन्द बनाएका थिए । उनीहरुले मेयर बालेन साहविरुद्ध पनि प्रदर्शन गरेका थिए ।
विरोध प्रर्दशनबारे भिडियो रिपोर्ट
