२५ दिनदेखि माइतीघरमा लालटिन बालेर न्याय खोज्दै रुबीहरु, आश्वासनपछि गृहमन्त्री बेपत्ता

काठमाडौं, ८ माघ । माघको पहिलो हप्ताको चिसो मौसमा सिंहदरवार नजिकै रहेको माइतीघर मण्डला परिसरमा दिउँसै लालटिन बालेर महिला अधिकारकर्मी रुबी खानहरुले सरकारसँग न्याय मागेको आज २५ औँ दिन भयो ।

बाँकेको नेपालगञ्ज उपमहानगपालिका १७ की निर्मला कुर्मीका श्रीमानको ६२ सालमा मृत्यु भयो । त्यसपछि कुर्मी आफ्ना दुइ छोरासँग बसिरहनु भएको थियो । ०६६ मंसिरमा १० दिनको अन्तरालमा दुई छोराको पनि रहस्यमय मृत्यु भयो । त्यसपछि निर्मलाका श्रीमान र छोराको नाममा रहेको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले जग्गाको लालपुर्जा र निर्मलाको नागरिकता लगिदिए । त्यसपछि कुर्मी वेपत्ता भइन । अहिले तीनै बादशाहको विरुद्धमा खानहरु दिउँसै लालटिन बालेर काठमाडौँमा न्याय मागिरहेका छन् ।

अहिले तीनै बादशाहको विरुद्धमा खानहरु दिउँसै लालटिन बालेर काठमाडौँमा न्याय मागिरहेका छन्

बादशाह गत मंसिर ४ को निर्वाचनबाट जनप्रतिनिधिको हैसियतमा लुम्बिनी प्रदेश सांसद निर्वाचित भए । अहिले बादशाह कांग्रेसको तर्फबाट निर्वाचित सांसदको हैसियतमा छन् । अनि रुवीहरु न्यायका लागि लालटिन बालेर सिंहदरवार अघि धर्नामा छन् । कुनै समय टेलिभिजनको पर्दाबाट निकै चर्को स्वरमा न्यायको आवाज उठाउने तत्कालिन सञ्चारकर्मी रवि लामिछाने अहिले गृहमन्त्री हुनुहुन्छ ।

हरेक दिन कंलकीबाट पैदल यात्रापछि माइतघर आइपुग्ने र १० बजेदेखि ५ बजेसम्म धर्ना बस्ने उहाँहरुको दैनिकी बनेको आज २५ औँ दिन हो । गृहमन्त्री लामिछानेले धर्नाको १७ औँ दिन अर्थात अघिल्लो शनिबार माइतीघर मण्डला पुगेर कुर्मीको मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिइसकेको भन्दै न्याय निरुपणको बाटोमा अघि बढेको आश्वासन दिनुभयो ।

हरेक दिन कंलकीबाट पैदल यात्रापछि माइतघर आइपुग्ने र १० बजेदेखि ५ बजेसम्म धर्ना बस्ने उहाँहरुको दैनिकी बनेको आज २५ औँ दिन हो । गृहमन्त्री लामिछानेले धर्नाको १७ औँ दिन अर्थात अघिल्लो शनिबार माइतीघर मण्डला पुगेर कुर्मीको मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिइसकेको भन्दै न्याय निरुपणको बाटोमा अघि बढेको आश्वासन दिनुभयो

त्यति मात्रै होइन उहाँले धर्नारत अधिकारकर्मी रुबी खानहरुलाई घर फर्किन आग्रह गर्दै मुद्दामा न्याय गर्न नसक्ने अवस्था आए र त्यसमा कुनै कैफियत देखिए गृहमन्त्रीबाट राजीनामा दिनेसम्मको आश्वासन लामिछाने दिनुभयो । तर, धर्नारत अधिकारकर्मीहरूले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेका कारण पटक–पटक धर्ना बस्न बाध्य भएको भन्दै न्याय पाउने सुनिश्चित नभएसम्म संघर्ष नछाड्ने अडान लिए ।

नेपाली कांग्रेसका नेता बादशाह कुर्मीको विरुद्धमा उजुरी परे पनि सम्वन्धित निकाय मौन रहेपछि न्यायका लागि तेस्रो पटक धर्नामा बसेका उनीहरुलाई आश्वासनका पुलिन्दा बाडेर गृहमन्त्री फर्किएको आज ७ दिन भयो । तर, त्यसपछि नत गृहमन्त्रीले एक कल फोन रुबीहरुलाई गर्नुभएको छ । नत कुनै प्रक्रिया अघि बढेको नै जानकारी उहाँहरुलाई प्राप्त भएको छ । ‘सात दिन अघि गृहमन्त्रीज्युले यहाँ आएर हामीलाई घर फर्किन आग्रह गर्दै न्याय दिने भन्नुभएको थियो ।

त्यसपछि उहाँ बेपत्ता हुनुहुन्छ,’ धर्नास्थलमा भेटिनु भएकी रुबी खानले भन्नुभयो, ‘हामीले उहाँसँग ठूलो माग गरेका होइनौँ । मात्रै न्यायिक आयोग चाहियो भनेको हो । तर, उहाँ यहाँ आएर आश्वासन दिएपछि बेखवर हुनुहुन्छ । सम्पर्कमा हुनुहुन्न । आयोग बनाउने कुरा त धेरै परको कुरा भयो । उहाँले यस अघि पनि २०७८ साल असोज १ देखि २० गतेसम्म नेपालगञ्जदेखि हिँडेर काठमाडौं आएर न्याय मागेको स्मरण गराउनुभयो ।

धर्नास्थलमा ऐक्यबद्धता व्यक्त गर्न धर्नास्थल पुग्नु भएका शिक्षाविद् विद्यानाथ कोइराला पनि गृहमन्त्रीको आश्वासनमा भन्दा पनि काममा विश्वास गर्नुपर्ने बताउनु हुन्छ । ‘धेरै ठूलो माग नै छैन । न्यायिक समिति एउटा बनाई देऊ र मुद्धालाई न्यायलयमा लैजाउ मात्रै भनिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यति मात्रै गरेपछि प्रक्रिया अघि बढ्छ । त्यति सामान्य प्रक्रिया पनि अघि नबढाएकाले धर्ना बस्नुपर्ने बाध्यता भएको हो ।’

शिक्षाविद् विद्यानाथ कोइराला पनि गृहमन्त्रीको आश्वासनमा भन्दा पनि काममा विश्वास गर्नुपर्ने बताउनु हुन्छ । ‘धेरै ठूलो माग नै छैन । न्यायिक समिति एउटा बनाई देऊ र मुद्धालाई न्यायलयमा लैजाउ मात्रै भनिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यति मात्रै गरेपछि प्रक्रिया अघि बढ्छ । त्यति सामान्य प्रक्रिया पनि अघि नबढाएकाले धर्ना बस्नुपर्ने बाध्यता भएको हो ।’

उहाँले मन्त्रीहरुको आश्वासनमा विश्वास नभएर नै धर्नालाई निरन्तरता दिनु परेको पनि बताउनुभयो । ‘मन्त्रीहरुको आश्वासनमा विश्वास छैन,’ उहाँले भन्नुभयो, ‘विश्वास किन छैन भने, भनेको कुरा उनीहरुले गर्दैनन् । त्यसैले गर्दा यहाँ धर्ना बसिरहनुु परेको हो । आश्वासन दिने होइन, प्रक्रियामा हाल्नु पर्यो नि ?’

मन्त्री आएर लु अब आजैबाट प्रक्रिया अघि बढ्यो । अब न्यायलयले हेर्छ भन्यो भने पनि विश्वास गर्ने ठाउँ हुने उहाँले बताउनुभयो । ‘न्यायलय यहाँ नजिकै छ । यहाँ आएर उहाँहरुले यो मुद्धालाई के गर्न सकिन्छ भनेर भन्दा हुँदैन,’ कोइरालाले भन्नुभयो, ‘त्यो किसिमको ढंगको चिन्तन गर्ने हो भने समस्याको समाधान हुन्छ । नभए त समस्या उल्झाइ रहने बाहेक अरु के–होला र ?’

न्याय माग्दा धेरै दुःख भएको दृष्टान्त बताउँदै उहाँले आश्वासनले मात्रै केही नहुने बताउनुभयो । ‘आश्वासन धेरै पटक पाएर पनि काम नभएपछि फेरि धर्ना बस्नु परेको हो नि,’ उहाँले भन्नुभयो, ‘आश्वासन होइन भन्नका निम्ति त गृहमन्त्रीजीले न्यायधीशहरुलाई समातेर यहाँ ल्याएर न्यायका निम्ति तिमीहरुले निर्णय गर्ने हो । यो प्रक्रिया अघि बढाउ भन्न किन नसक्ने ?’
पूर्वप्रधानमन्त्री शेहबहादुर देउवासँग उनीहरुले वार्ता गर्दा देउवाले बादशाहलाई कुनै पनि जिम्मेवारी नदिने र अन्यायमा परेकाहरुलाई न्याय दिने बाचा गर्नुभएको थियो । तर, अहिले कांग्रेसकै कोटामा बाहशाह सांसद बन्नुभएको छ । यसप्रति पनि रुबीहरुको गुनासो छ ।

पूर्वप्रधानमन्त्री शेहबहादुर देउवासँग उनीहरुले वार्ता गर्दा देउवाले बादशाहलाई कुनै पनि जिम्मेवारी नदिने र अन्यायमा परेकाहरुलाई न्याय दिने बाचा गर्नुभएको थियो । तर, अहिले कांग्रेसकै कोटामा बाहशाह सांसद बन्नुभएको छ । यसप्रति पनि रुबीहरुको गुनासो छ

कुनै समय आफ्ना छोराको हत्यारालाई कारवाहीको माग गर्दै ३३४ दिन अनशन बसेका नन्दप्रसाद अधिकारीको अनशन क्रममै २०७१ असोज ६ गते निधन भएको थियो । उहाँको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

नन्दप्रसादकी श्रीमती गङ्गामायाले अहिले पनि ‘न्यायको लडाई’ जारी राख्नु भएको छ । निर्मला पन्थको बलात्कारपछि भएको अहिले वर्षौ वितिसकेको छ । अहिलेसम्म पनि हत्याराको पत्ता लाग्न सकेको छैन । त्यसैले बादशाहबाट पीडित निर्मला मात्रै होइन अरु पीडितहरुले पनि न्याय पाउनुपर्छ । सिंहदरबारको नाकैमुनीको रुबीहरुको यो चित्कार केही गर्छु भनेर आएका नयाँ गृहमन्त्रीका लागि पनि चुनौति हो । यो विषयमा गृहमन्त्री लामिछानेको कदम के–होला त्यो भने प्रतिक्षा नै गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *