आलोचना सहन नसकेपछि धैर्य गुमाएका मेयर बालेनका पाँच सन्दर्भ

काठमाडौं, माघ ९ । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साह निकै आलोचित बन्नुभएको छ । उहाँले अनावश्यक रुपमा डोजर आतंक मच्याएको भन्दै एकपछि अर्को गर्दै उहाँको विरोधमा माहोल बढ्दै गएको छ । साहका आलोचक बढिरहेका बेला कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले केही दिन अघि आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन आग्रह गरेपछि त्यसले निकै ठूलो तरंग ल्याइदिएको छ ।

राजनीतिक दलदेखि व्यक्ति तोकेरै आलोचना गर्न माहिर मेयर साहको सबै भन्दा कमजोर पक्ष भनेको उहाँमा अरुले गरेको आलोचना सहने धैर्यता भने फिटिक्कै छैन ।
स्तूतिमा रमाउने शैलीका साहलाई भण्डारीले डोजर आतंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै रक्षक नै भक्षक भएको भन्दै मेयर साहविरुद्ध प्रश्न उठाउँदै केही प्रश्नको जवाफ मागेपछि साहले संयमता नै गुमाएर सामाजिक सञ्जालबाटै प्रतिउत्तर दिनुभयो ।

साहविरुद्ध उठेको प्रश्नहरु सेयर गर्दै निर्देशक भण्डारीले ‘भत्काउन पुग्यो अब बनाउ’ भन्दै केही प्रश्नको जवाफ दिन आग्रह समेत गर्नुभयो । मेयर साहले निर्देशक भण्डारीले पोष्ट गरेको स्टाटसमा अमंयमित हुँदै भण्डारीलाई तिमी संवोधन गर्दै स्तरहीन जवाफ फर्काउनुभयो । ‘तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं । तिम्रो अस्तित्व पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’

मेयर साहको उक्त जवाफ पछि भण्डारीले प्रश्न सोध्न पाइैन भन्दै अर्को प्रश्न गर्नुभयो । त्यसको पनि जवाफ तुरुन्त फर्काउँदै निर्देशक भण्डारीलाई मादक पदार्थ सेवन गरेर स्टाटस लेखेको आरोप समेत मेयर साहले लगाएपछि अहिले साह थप आलोचित बन्नुभएको छ ।

मेयर साहको उक्त जवाफ पछि भण्डारीले प्रश्न सोध्न पाइैन भन्दै अर्को प्रश्न गर्नुभयो । त्यसको पनि जवाफ तुरुन्त फर्काउँदै निर्देशक भण्डारीलाई मादक पदार्थ सेवन गरेर स्टाटस लेखेको आरोप समेत मेयर साहले लगाएपछि अहिले साह थप आलोचित बन्नुभएको छ

मेयर साहको यो असंयम अभिव्यक्ति पहिलो भने होइन । राजनीतिक पृष्ठभूमि शून्य मात्रै होइन राजनीतिक चेत पनि शून्य भएका साहमा आफूले गरेका हरेक काममा सबैले प्रशंसा गरुन भन्ने विचित्र खालको जिजीविषा छ । कसैका पनि आलोचना र सुझावलाई ग्रहण गर्न नसक्ने साहमा नियम–कानुनलाई कत्लेआम गरेर ‘स्टन्ट’ देखाउने भोक पनि विचित्रको छ । अझ गज्जब त के छ भने आफूले गरेका हरेक ‘स्टन्ट’ हरुमा असफल भएपछि र आलोचना हुन थालेपछि उच्च पदस्थ व्यक्ति र राजनीतिक दलका नेताहरुलाई तुच्छ आलोचना गरेर ‘सेन्टिमेण्ट’ लिने उहाँको शैली विगतका धेरै घटनाले देखाएका छन् ।

विगतका असफल योजनाहरुमा राष्ट्रपति, पूर्वप्रधानमन्त्री र नेताहरुलाई तुच्छ गाली गरेर ‘सेन्टिमेण्ट’ लिन खोज्ने साह यो पटक भण्डारीमाथि त्यसैगरी खनिनु भएको छ । साहका वितगमा आफूले थालेका योजना असफल भएपछि राष्ट्रपति, पूर्वप्रधानमन्त्री र नेताहरुलाई तुच्छ गाली गरेर ‘सेन्टिमेण्ट’ लिने गरेका केही तथ्यहरुलाई हामीले यहाँ प्रस्तुत गर्ने प्रयास गरेका छौँ ।

सन्दर्भ १
२०७९ साल जेठ १३ गते मेयर पदमा निर्वाचित भएकै दिन काठमाडौं महानगरपालिकाका मेयर बलेन साह काठमाडौंसहित उपत्यकाका १७ पालिकाको फोहोर विसर्जन हुँदै आएको स्थल सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट पुग्नुभयो । निर्वाचन अघिदेखि नै फोहोर विसर्जनमा समस्या हुँदै आएको अवस्थामा निर्वाचित भएकै दिन धन्यवाद ¥यालीमा सहभागी भएलगत्तै मेयर साह सिसडोल र बन्चरेडाँडा पुग्दा उहाँको त्यो अनुगमनलाई धेरैले सकारात्मक रुपमा लिएका थिए ।

फोहोर विसर्जन स्थलसम्म पुग्नका लागि स्थानीयबासीले गाडीहरुलाई अवरोध गर्न राखेका ढुंगा र तगाराहरुको अवरोध छिचोल्दै मेयर साह ल्यान्डफिल साइट पुग्दा स्थानीयबासी पनि मख्ख परेका थिए । उनीहरुले मेयर साहसँग सौहार्दतापूर्वक आफ्ना मागहरु सुनाउँदै माग पूरा भए सहयोग गर्ने आश्वासन पनि दिए । मेयर साहले पनि स्थानीयका बिचमा उभिँएर सिसडोलबासीमाथि काठमाडौंले अपराध गरिरहेको अभिव्यक्ति दिनुभयो ।

उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता उनीहरुको पुरानै माग हो । मेयर साहसँग पनि उनीहरुले ती माग नै सुनाए । अझ गज्जब त के भने सिसडोलबाटै मेयर साहले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा समेत गर्न भ्याउनु भयो । त्यस लगत्तैको सपथग्रहणसम्म उहाँले त्यो बाचा पनि पूरा गनूभयो । तर, उहाँको त्यो बाचा धेरै दिन टिक्न सकेन । उहाँले त्यो बाचा गरेको ८ महिना व्यथित भएको छ भने फोहोर व्यवस्थापनमा चाँहि उहाँले सामान्य भन्दा सामान्य पनि समाधानको पहल गर्न सक्नुभएको छैन ।

तर, उहाँको त्यो बाचा धेरै दिन टिक्न सकेन । उहाँले त्यो बाचा गरेको ८ महिना व्यथित भएको छ भने फोहोर व्यवस्थापनमा चाँहि उहाँले सामान्य भन्दा सामान्य पनि समाधानको पहल गर्न सक्नुभएको छैन

बरु इतिहाँसमै सबै भन्दा बढी समय अर्थात झण्डै तीन महिना काठमाडौं र उपत्यकाको फोहोर नउठ्ने वातावरण उहाँकै कार्यकालमा भयो । उहाँले कहिले कुहिने र नकुहिने फोहोरलाई छुट्याएर राख्ने उर्दी जारी गर्नुभयो । फोहोर व्यवस्थापनमा प्रहरी परिचालन नगर्ने आश्वासन दिनुभएका साहले त्यो आश्वासनलाई समेत तल्याएर प्रहरी परिचतलन गर्दै आतंक मच्याउने काम गर्नुभयो । यसरी एकपछि अर्को गर्दै फोहोर व्यवस्थापनमा असफल भएपछि उहाँले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई सम्वोधन गर्दै तुच्छ आलोचना गर्दै सेन्टिमेण्ट लिन स्ट्याटस लेख्नुभयो ।

भिडियोसहित पोष्ट गरेको स्ट्याटस यस्तो थियो । ‘श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’ उहाँले लेखेको यो स्ट्याटस निकै चर्चित भयो । त्यो स्ट्याटसमा ८६ हजार बढीले लाइक गरे भने १० हजार बढीको कमेण्ट आयो । ती अधिकांश कमेण्टमा प्रचण्डको आलोचना गरिएको थियो । फोहोरमा व्यवस्थापनमा असफल भएपछि प्रचण्डको आलोचना गरेर सेन्टिमेण्ट लिनुभयो । फोहोर व्यवस्थापनको पाटो अहिले पनि जस्ताको त्यस्तै छ । त्यसमा केही सुधारको संकेत देखिएको छैन । बरु काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा डेंङ्गुलगायतका प्रकोप ७७ वटै जिल्लामा फैलियो । साह त्यस्ता विषयमा वेखवर जस्तै हुनुहुन्छ ।

त्यसैबेला उहाँले आत्महत्या गरेका र्यापर यमबुद्धको शालिक बनाउने योजना अघि सारेपछि त्यो विषयमा पनि निकै ठूलो आलोचना खेप्नु परेको थियो । पछि उहाँ त्यो निर्णयबाट पछि हट्न बाध्य हुनुभएको थियो ।

त्यसैबेला उहाँले आत्महत्या गरेका र्यापर यमबुद्धको शालिक बनाउने योजना अघि सारेपछि त्यो विषयमा पनि निकै ठूलो आलोचना खेप्नु परेको थियो । पछि उहाँ त्यो निर्णयबाट पछि हट्न बाध्य हुनुभएको थियो

सन्दर्भ २

फोहोर व्यवस्थापनमा एकपछि अर्को गर्दै असफल हुनुभएका साहले त्यस लगत्तै राजधानीका केही संरचनाहरुमा डोजर चलाएर चर्चा बटुल्ने रणनीति ल्याउनुभयो । सुरुमा अल्फाबीटा लगाएका स्थानमा डोजर चलाउँदै मेयर साहले निकै ठूलो प्रशंसा बटुल्नुभयो । नियम–कानुको धज्जी उडाउँदै डोजर आतंक मच्याउने साहको शैलीको कसैले पनि आलोचना गर्ने आँट गरेनन् । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले साहको शैलीको आलोचना गर्दा निकै ठूलो आलोचना खेप्नु पर्यो ।

प्रशंसाबाट हौसिनु भएका साहमा भने मात चढ्दै गयो र उहाँ जताजतै डोजर आतंक मच्याउँदै हिड्न थाल्नुभयो । ल्यहि सिलसिलामा उहाँको डोजर जयनेपाल हल परिसरमा टुकुचा खोज्ने भन्दै उधिन्न पुग्यो । महानगरपालिकाको टोलीसहित त्यहाँ पुगेर टुकुचा उधिन्दा केही दिन साहको निकै प्रशंसा भयो । तर, नियम–कानुनको सामान्य भन्दा सामान्य पनि पालना नगरी उठिवास लगाउने गरी डोजर आतंक मच्याएपछि विस्तारै साहको आलोचना हुन थाल्यो । सुरुमा जयनेपाल हलदेखि कमलादीसम्मका सबै संरचना भत्काउने उर्दी जारी गर्नुभएका मेयर साह त्यहाँबाट पनि पछि हट्न बाध्य हुनुभयो । यसरी टुकुचामा असफल भएपछि साहले फेरि राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्षित गर्दै तुच्छ आलोचना गरेर सेन्टिमेण्ट लिने प्रयास गर्नुभयो । टुकुचामा असफल भएपछि उहाँले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री नेपालको नाम नै किटान गर्दै तीनकुनेको तस्बिरसहित यस्तो स्ट्याटस लेख्नुभयो ।

‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीय रास्ट्रपतिज्यु, प्रधानमन्त्री बन्नुभयो रास्ट्रपति बन्नुभयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानुहुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

उहाँले यसरी भण्डारी र नेपालको नाम नै किटान गरेर तुच्छ आलोचनसहित स्ट्याटस लेखेपनि मेयर साहले ८ महिना व्यथित हुँदा पनि तीनकुनेका बारेमा के गर्ने भन्ने सामान्य भन्दा सामान्य योजना पनि अघि बढाउन सक्नु भएको छैन ।

उहाँले यसरी भण्डारी र नेपालको नाम नै किटान गरेर तुच्छ आलोचनसहित स्ट्याटस लेखेपनि मेयर साहले ८ महिना व्यथित हुँदा पनि तीनकुनेका बारेमा के गर्ने भन्ने सामान्य भन्दा सामान्य योजना पनि अघि बढाउन सक्नु भएको छैन ।

 

सन्दर्भ ३

राष्ट्रिय भूमि आयोगसँग कानुनअनुसार सहकार्य गर्ने सहमतिपत्रमा मेयर साह आफैँले हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सुकुम्बासी वस्ती भत्काउन डोजर लिएर काठमाडौं महानगरपालिका थापाथली पुगेपछि सुकुम्बासी वस्तीमा बसोवास गर्दै आएकाहरुले प्रतिकार गरे । त्यसपछि डोजर त्यत्तिकै फर्किन बाध्य भयो । सम्झौतापत्रमा महानगरपालिकाले वडा–वडामा फाराम भराउने, त्यसको रेकर्ड राख्ने र प्रमाणीकरण गर्ने काम प्रष्ट उल्लेख गरिएको भए पनि ती सबै सम्झौतालाई लत्याउँदै साहले डोजर आतंक मच्याएपछि सर्वत्र आलोचना भयो ।

त्यतिबेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खुलेर सुकुम्बासी वस्तीमाथि चलाएको डोजर आतंकको आलोचना गर्नुभयो । उहाँले महानगरपालिकाले तमासा देखाएको भन्दै चर्को आलोचना गर्नुभयो । राष्ट्रिय भूमि आयोगले समेत उक्त कार्यको आलोचना गरेपछि साह थप आलोचित बन्नुभयो । यसरी सुकुम्बासी बस्ती हटाउने योजनामा असफल भएपछि र त्यत्तिकै आलोचित भएपछि उहाँले फेरि एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै तुच्छ आलोचना गर्नुभयो । उहाँले सामाजिक सञ्जालबाटै असंयमित हुँदै ओलीको आलोचनामा यस्तो स्ट्याटस लेख्नुभयो ।

सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो । तर, सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरुमा प्रयोग गर्नुभयो ।

त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदि क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।

तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’ यो उहाँ जस्तो जिम्वेवारीमा रहेको व्यक्तिले गर्ने शब्द थिएन । तर, उहाँले आफू मेयर भएपछि मात्रै सबै परिवर्तन संभव भएको झैँ गरी गरेको असभ्य टिप्पणीले मेयर साह आफैँलाई गिज्याउने खालको थियो ।
सन्दर्भ ४

यसरी एकपछि अर्को गर्दै आलोचित बन्दै आउनु भएका साह पछिल्लो समय झन असंयमित बन्दै आउन थाल्नु भएको छ । त्यति मात्रै होइन उहाँ पछिल्लो समय आफूलाई काठमाडौं महानगरको विकासमा केन्द्रित गर्ने भन्दा पनि अरुको आलोचनामा रमाउन थाल्नु भएको छ । उहाँको यो शैलीलाई धेरैले अपरिपक्को र आलोकाँचो भनि टिप्पणी समेत गर्न थालेका छन् ।

यसरी एकपछि अर्को गर्दै आलोचित बन्दै आउनु भएका साह पछिल्लो समय झन असंयमित बन्दै आउन थाल्नु भएको छ । त्यति मात्रै होइन उहाँ पछिल्लो समय आफूलाई काठमाडौं महानगरको विकासमा केन्द्रित गर्ने भन्दा पनि अरुको आलोचनामा रमाउन थाल्नु भएको छ

उहाँको यस्तै आलोचित र अभिव्यक्ति निर्वाचनपछि पनि आएको छ । उहाँले लेख्ने भाषा–शैली पनि तुच्छ खालकै हुने गरेकाछन् । निर्वाचनपछि लेखेको उहाँको एक स्ट्याटस
नयाँ सांसदहरु,
नयाँ गफाडीहरु !
उही पुरानो देश ।
उही पुराना व्यापारीहरु ।
त्यसो त नयाँ मन्त्रिमण्डल बनेपछि उहाँका असंयमित अभिव्यक्ति झन छताछुल्ल हुने गरेका छन् । निर्वाचनका बेला उहाँलाई सहयोग गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर पहिलो प्रयासमै सम्मानजनक सिट ल्याएपछि साह लामिछानेप्रति पनि असन्तुष्ट बन्न थाल्नु भएको छ । मेयर निर्वाचित भएपछि मुलुक परिवर्तनको कोशेढुंगा मै हुँ भन्ने भ्रममा पर्नु भएका साहले लामिछानेको सफलतालाई राम्ररी पचाउन नसकेको उहाँका पछिल्ला अभिव्यक्तिबाट समेत प्रष्ट हुन्छ । गृहमन्त्रीको समेत जिम्मेवारी लामिछानेले सम्हालेपछि साह लामिछानेको सफलतामा थप दुःखी बन्नुभएको छ भन्ने बुझ्न कुनै मुस्किल छैन ।

पछिल्लो समय उहाँले लामिछानेप्रति लक्षित गर्दै दिएको अभिव्यक्ति त्यसैको उदाहारण हो । सुकुम्बासी वस्तीमा गृहमन्त्रालयको सहयोग माग्र्दै पत्र पठाएर उहाँलाई असफल बनाउने उहाँको रणनीतिलाई पनि अर्को उदाहरणका रुपमा लिन सकिन्छ । अहिले विशाल भण्डारीप्रति लक्षित साहको असंयमित अभिव्यक्ति पाँचौ श्रृंखला हो । उहाँको यो श्रृंखला अझै कति अघि बढ्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *