मेयर बालेनको ज्यादतिविरुद्ध सडमा उत्रिए काठमाडौंवासी (भिडियो रिपोर्ट)
काठमाडौं, १५ माघ । केही न केही माग राख्दै हरेक दिन धर्ना र जुलुससहितका दृष्य देखिने माइतीघर मण्डलामा आज भने अलिक फरक खालको दृष्य देखियो ।
डोजर आतंक बन्द गर’, ‘महानगरको ज्यादति बन्द गर’, ‘सडक विस्तारको नाममा उठिवास गराउन पाइँदैन’ जस्ता नारा सहितका प्लेकार्ड बोकेर प्रदर्शनका लागि माइतीघर आएका प्रर्दशनकारीहरुमा एक प्रकारको आक्रोश छताछुल्ल भएको देखिन्थ्यो ।
कहिले टुकुचा खोस्रिन त कहिले सुकुम्बासी बस्तीमा विना विकल्प उठिबास लगाउन पुग्ने काठमाडौं महानगरपालिकाको डोजर पछिल्लो समय व्यक्तिका घर–पर्खाल भत्काउन पुगेपछि काठमाडौं महानगरवासी पछिल्लो समय थप आक्रोशित बन्न थालेका छन् । हो, त्यहि आक्रोशको एक झिल्को आज माइतीघर मण्डलामा पनि देखियो ।
कुनै सयम एउटा इन्जिनियर काठमाडौं महानगरपालिकाको मेयर जितेर आएपछि सुन्दर सहर बनाउलान भन्ने इन्द्रेणी सपना बोकेर विजयी बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका मतदाता मात्रै होइन साहको विजयपछि बालेनकै शैलीमा हात हल्लाउँदै समर्थन गर्नुभएका सुमन सायमी पनि आज माइतीघर मण्डलामै भेटिनुभयो ।
मयेर साहको आलोकाँचो शैलीबाट हैरानी खेपिरहेका आक्रोशित महानगरवासीको त्यहि आक्रोश आज माइतिघर मण्डलामा पनि देखियो । नियम–कानुनका ठेलीहरुलाई कत्लेआम गर्दै एक प्रकारले भन्ने हो भने अराजक शैलीमा डोजर आतंक मच्याउन थालेपछि मेयर बालेनप्रतिको मोह अहिले विस्तारै ओरालो लाग्दै जान थालेको सन्देश पनि आजको माइतिघरको आक्रोशले सहजै देखाएको देखिन्थ्यो ।
त्यहि आक्रोशित जमघटले विभिन्न खालका माग राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गरेका ज्यादतिपूर्ण कार्यहरूको विरुद्धमा वृहत् प्रदर्शन गरे ।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजनमा भएको उक्त प्रदर्शनीमा महानगरपालिकाले गरेका विभिन्न कार्यहरूबाट पीडित समुदायको उपस्थिति रहेको थियो ।
त्यहि प्रदर्शनका उपस्थित उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सायमीले पनि कडा रुपमा मेयर साहको ज्यादतीको विरोध गर्नुभयो । मेयर बालेन सच्चिए सच्याउने अधिकार जनतासँग भएको भन्दै जनताले नै त्यहाँ पु¥याएको भन्ने महसुस मेयर साहलाई चेतावनी दिनुभयो ।
क्षेत्राधिकार भन्दा बाहिर गएर मेयर साहले ज्यादति गरेको भन्दै सुध्रित चेतावनी दिनुभयो । पुर्यौली सम्पत्तिमा डोजर चलाउने अधिकार कसैलाई नभएको पनि उहाँले चेतावनी दिनुभयो । संविधान भन्दामाथि गएर ज्यादति गर्ने भए पद त्याग्न समेत चेतावनी दिनुभयो ।
कार्यक्रममा उपस्थित संघर्ष समितिका संयोजक सुमन सायमिले पुस २८ गते कामपा ३१ वडास्थित शंखमुलमा स्थानीयवासीको निजी जग्गामाथि डोजर चलाउँदा आफूले मेयर साहलाई फोन गरी अहिलेलाई यो डोजर रोक्नुस्, बसेर कुरा गरौंला भन्दाभन्दै पनि पर्खाल भत्काएको आरोप लगाउनुभयो । त्यसपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उहाँका आक्रोश थियो । उहाँले मेयर साह नसिच्चउन्जेल आन्दोलन निरन्तर रहने पनि चेतावनी दिनुभयो ।
पीडितहरू आ–आफ्नो समस्यासँग सम्बन्धित ब्यानर बोकेर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा चाबहिल–साँखु सडक विस्तार संघर्ष समिति, २५ वडा त्वाःछेँ समिति, उपत्यव्यापी सडक विस्तार संघर्ष समितिलगायतका व्यानरहित आएका थिए । पीडित साहेलमानसिंहले पनि बालेन साहको ज्यादतिविरुद्ध यस्तो आक्रोश व्यक्त गर्नुभयो ।