सरकारको विभेदपूर्ण व्यवहारविरुद्ध उद्योगी–व्यवसायी आन्दोलनमा (१० तस्बिर)
काठमाडौं, १६, माघ । माइतीघर मण्डलामा विभिन्न उद्योगी–व्यवसायीहरुले आन्दोलन गरेका छन् । सरकारले उद्योगी–व्यवसायीप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै त्यसको ध्यानाकर्षण गराउन उनीहरुले आन्दोलन गरेका हुन् ।
उनीहरुले वित्तीय संस्थाको आतंक बन्द गर्नुपर्ने लगाएतमा माग राख्दै आन्दोलन गरेका हुन् । नेपाल राष्ट्रिय व्यवासायी महासंघको आयोजनामा भएको उक्त आन्देलनमा नयाँबानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यापार संघलगायतका संघहरु आ–आफ्नो व्यानरसहित कार्यक्रममा आएका थिए ।
उनीहरुले बैंङ्क सधैँ नाफामा, उद्योगी–व्यवसायी घाटामा, बैंकिङ्क व्याजदर एक अंकमा ल्याउ, व्यवसायिक वातावरण कायम गर् जस्ता प्लेकार्डसहित उनीहरु आएका थिए ।