रवि लामिछानेले ठूलो गल्ती गरेः भद्रकुमारी घले (भिडियोसहित)
काठमाडौं, १९ माघ । पूर्वमन्त्री समेत रहनु भएकी समाजसेवी भद्रकुमारी घलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गल्ती गरेको बताउनु भएको छ । पछिल्लो समय नागरिकता विवादमा परेर गृहमन्त्री र सांसद पद गुमाउनु भएका लामिछानेले गल्ती गरेको उहाँको भनाई छ ।
‘रवि लामिछानेले गल्ती गरे,’ उहाँले मैत्रीन्युजसँग कुराकानी गर्दै भन्नुभयो, ‘उनले ठूलो गल्ती गरे, त्यस्ता पढेलेखेका मान्छे भएको त्यस्तो सजग र विकसित देशमा बसेर आएको मान्छेलाई थाहा हुँदैन ।’
एउटा माननीयले कसरी उठ्नुपर्छ ? के गर्नुपर्छ भन्ने कुरा नै उहाँले थाहा नभएको घलेको भनाई छ ।
‘त्यसरी बेइज्जती हुने काम गर्नुहुन्छ, हुँदैन,’ उहाँले भन्नुभयो, ‘तर, उहाँबाट गल्ती भयो । सरसरसर उपप्रधानमन्त्री पनि भए, गृहमन्त्री पनि भए । अहिले हेर्नुहोस् त ।’ अमेरिकाको ग्रिनकार्ड भएका, अमेरिका घुमेका नेपाली बुद्धिजिवीले त्यसप्रकारको काम गर्नु ठूलो गल्ती भएको भन्दै त्यस्तो गर्नु नहुने बताउनुभयो ।