९३ वयकी भद्र घलेसँग बाल्यकालका कुरा, बुड्यौलीका कुरा अनि राजनीतिका कुरा (भिडियो संवाद)

काठमाडौं, १९ माघ । भद्रकुमारी घले अहिले ९३ को वयमा हुनुहुन्छ । तर, उहाँको चाउरी परेको मुहारमा बुढ्यौलीपनको आभास कलिकती पनि देखिदैँन । डिल्लीबजारको घले घरमा १९८८ सालमा जन्मिनु भएकी घले अहिले पनि डिल्लीबजारको मुख्य सडकबाट अलिक गल्ली छिरेपछि भेटिने भद्र निवासमै बस्नुहुन्छ । हकी स्वभावकी भद्रा उमेरले ९३ वर्षको भए पनि सुश्री हुनुहुन्छ ।

राणा, राजा, प्रजातन्त्र र गणतन्त्रकी साक्षी भद्रकुमारीलाई अहिलेको राजनीतिप्रति त्यति धेरै उत्साह छैन । अहिलेका जिवित राजनीतिज्ञ मध्ये सबै भन्दा बढी केपी ओली उहाँलाई मनपर्ने रहेछ ।

एक पटक उहाँकै निवासमा आएर ओलीले भेट गरेपछि उहाँप्रतिको सम्मान थप उच्चो भएको भद्राले मैत्रीन्युजसँगको भेटमा पनि बताउनुभयो । २९२ बटा पुस्तक प्रकाशन गरिसक्नु भएकी भद्राले एकै पटक १५१ वटा पुस्तक विमोचन गरेर ऐतिहासिक रेकर्ड राख्नु भएको थियो । अहिले पनि विहानको समयमा पत्रपत्रिका पढ्ने, लेख्ने उहाँको बानी रहेछ । करीब १ घण्टाको सम्वादमा उहाँले आफ्नो बाल्यकाल, शिक्षा–दिक्षा र राजनीतिका बारेमा भोगेका, देखेका अनुभवहरु उत्साहका साथ सुनाउनुभयो । घलेसँगको भिडियो संवाद