रास्वपा सरकारबाट बाहिरिने निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै राख्ने
काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने प्रधानमन्त्री ‘प्रचण्ड’काे निर्णयसंगै रास्वपाकाे केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक पदाधिकारीले बताए ।