विराटनगरमा प्रहरी र प्रदर्शनकारी बीच झडप

विराटनगर, ५ चैत । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ ।

कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको हाे ।

प्रदर्शनकाक्रममा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरी र प्रदर्शनकारी बीच झडप झडप भएको हो ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।