उपनिर्वाचनकाे ‘मौन अवधि’ आज मध्यरातिदेखि
काठमाडौं, ७ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनकालागि आज बिहीबारदेखि मौन अवधि सुरू हुँदैछ।
मौन अवधि आज राति १२ बजेदेखि सुरू हुन लागेकाे हाे ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यराति १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन।
आयाेगका अनुसार मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने प्रावधान छ । मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
उपनिर्वाचन वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा हुँदैछ।