सञ्चारकर्मी विसीको पहिलो देउडा गीत ‘साई बाज’ बजारमा

काठमाडाैं, १० वैशाख । सञ्चारकर्मी लक्ष्मण विसीको पहिलो देउडा गीत ‘साई बाज’ बजारमा आएको छ ।
विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम विसी र गायिका अनु चौधरीको स्वर रहेको छ ।
दीपक सङ्गम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा गायक विसीले नै सङ्गीत भर्नुभएको छ भने एरेन्ज र मिक्सिङ्गोको काम पनि दीपक सङ्गमले गर्नुभएको छ ।
निर्देशन तथा कोरियोग्राफी टेकेन्द्र शाहले गर्नुभएको यस गीतिभिडियोमा गायक सङ्गम विसी र सुस्मिता कुँवरको अभिनय रहेको छ ।
विसी रेडियो मेलौलीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले दर्जनौँ कविता, गजल र मुक्तक पनि लेखिसक्नुभएको छ।