उपनिर्वाचन

तनहुँ- १ मा कांग्रेसका भट्टराई भन्दा रास्वपाका वाग्ले ५ हजार मतले अगाडि

काठमाडाैं, ११ वैशाख । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले दाेब्बर मतले अग्रता बढाउँदै लानुभएकाे छ ।

आइतबार रातिदेखि गरिएकाे मतगणनामा बिहान सम्मकाे मतपरिणाममा रास्वपाका वाग्लेले ८ हजार ८३७ मत प्राप्त गर्नुभएकाे छ भने उहाँका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार ६५ मत प्राप्त गर्नुभएकाे छ । वाग्ले, भट्टराई भन्दा ४ हजार ७७२ मतले अगाडि हुनुहुन्छ ।

त्यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४०२ मतले भट्टराईलाई पछ्याइरहनु भएकाे छ ।

१ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ–१ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। २ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।