स्वयम्भू महाचैत्यमा बुद्ध जयन्ती (तस्बिरहरू)

लुम्बिनी, २२ वैशाख । आज २५६७ औं बुद्ध जयन्तीका अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा बिहानदेखि नै भक्तजनहरूको भीड लागेको छ ।

बुद्ध जयन्तीको उपलक्ष्यमा आज स्वयम्भू महाचैत्यमा रहेका चैत्य एवं बुद्धमूर्तिहरूको पूजाआजा गर्नुका साथै बत्ती बाल्ने कार्य पनि गरिएको थियो । साथै स्वयम्भू महाचैत्यमा आज विशेष ज्ञानमाला भजन पनि आयोजना गरिएको थियो ।

काठमाडौं उपत्यका ठूलो तालका रुपमा रहेकै बेला रश्मिका रुपमा उत्पत्ति भएको र पछि त्यसलाई चैत्य बनाई छोपेको विश्वास गरिन्छ । स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचीमा पनि सूचीकृत रहेको छ ।

आज स्वयम्भू महाचैत्यमा देखिएको गतिविधिहरूका केही तस्बिरः