रातो मच्छिन्द्रनाथबाट खसालियो नरिवल (तस्वीरहरू)

काठमाडौं, २४ वैशाख । रातो मच्छिन्द्रनाथको रथबाट नरिबल खसालिएको छ ।

ललितपुरको पुल्चोकबाट लगनखेलमा तानेर ल्याइएकाे रथकाे टुप्पोबाट आइतबार परम्परागत् रूपमा
जटा नरिवल खसालिएको हो ।

याे जटा नरिवल रथ निर्माणमा संलग्न ज्येष्ठ नागरिकले रथको टुप्पोमा पुगेर जात्रालु भएकाे भिडमा खसाल्ने गरिन्छ ।

मच्छिन्द्रनाथको रथ लगनखेल लानेर पुर्याइएकाे चार दिनपछि जटा नरिवल रथबाट खसाल्ने चलन रहिआएकाे छ ।

रथबाट खसालिएको नरिवल शुभहुने विश्वासका साथ जात्रालुहरू आफुले भ्याएसम्म तछाड मछाड गरी समात्न खाेज्छन् । जस्ले नरिवल समात्न सक्छ त्याे मानिस भाग्यमानी हुने जनबिश्वास रहिआएकाे छ ।

नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्रा हाे । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने गर्दछ ।

वर्षा र सहकालका देवताका रुपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ झण्डै ३२ हात अग्लो हुन्छ।

मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *