पत्रकार तथा साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पिपला’ विमाेचन

काठमाडाै, २ असार । लामाे समयदेखि पत्रकारिता गरिरहेका साहित्यकार तथा पत्रकार विमल नेपालको पहिलो उपन्यास ‘पिपला’ आज एक कार्यक्रमबीच विमाेचन गरिएकाे छ ।

काठमाडौंकाे नेपाल प्रज्ञाप्रतिष्ठानमा आयाेजित कार्यक्रममा साहित्यकारहरु नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु भण्डारी र लेखककी आमाले संयुक्त रुपमा विमोचन गरेका छन् ।

कार्यक्रममा विमोचित पुस्तक ‘पिपला’ माथि साहित्यकारहरु नयनराज पाण्डे र राजकुमार बानियाँ चर्चा-परिपर्चा गरेका थिए ।

तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई सजिव बनाएर प्रस्तुत गरिएकाे उपन्यासमार्फत लेखकले जनयुद्ध के का लागि भन्ने प्रश्न समेत गरेका छन् ।

२८ अध्याय रहेकाे उपन्यास ‘पिपला’ इन्डिगो इन्कले बजारमा ल्याएको हो भने पुस्तकमा २२९ पेज रहेकाे छ । कभर पेज गुणस्तरीय रहेकाे पुस्तककाे भित्री पेजहरू पनि गुणस्तरीय छन्।