मनमोहक चित्रकला प्रतियोगितामा आशिर्या देसार प्रथम
श्याम स्मृत
काठमाण्डौं। विभिन्न समुदायका २० जना बालबालिकाहरु वीच मनमोहक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल महिला एकता समाजको आयोजनामा शनिवार चित्रकला प्रतियोगिता सम्पन्न भएको हो।
जसमा सहभागी विद्यार्थीले क्लाइमेत जस्टिसलाई विषय बनाएर चित्र कोरेका थिए । चित्रकला प्रतियोगितामा प्रथम आशिर्या देसार बनेकी थिइन्।
त्यस्तै, प्रतियोगितामा प्राप्ति कुँवर व्दितीय र युजला महर्जन तृतिय बनेकी थिइन्। सान्त्वना पुरस्कार अरुण बिके तथा आर्यन पहरीको पोल्टामा परेको थियो । साथमा प्रतियोगी सबै लाई बिशेष पुरस्कार प्रदान गरिएको थियो ।
बालबालिकाहरुलाई सानै देखि प्रोत्साहन दिदै जाने हो भने भोलिको भबिष्यमा कुनै अप्ठ्यारो नहुने आयोजक संस्थाका कार्यक्रम अधिकृत अप्सरा तिमल्सिनाले बताएकी छन्। पहिलो पटक प्रतियोगितामा भाग लिएका अरुण बिकेले आफूलाई बिशेष पुरस्कारले निकै हौसला दिएको भन्न चुकेनन्।
प्रतियोगितामा प्रथम भएकी आशिर्या देसारले आफूलाई चित्र कोर्न मनैदेखि मन पर्ने गरेको बताउँदै प्रतियोगितामा प्रथम हुँदा अझ धेरै हौसला र प्रेरणा मिलेको बताइन्। आयोजक नेपाल महिला एकता समाजले बालबालिका लक्षित कार्येक्रम प्रत्येक वर्ष गर्दै आइरहेको क्लाइमेत जस्टिसका क्याम्पेनर मनिका लामाले बताएकी छन्।