राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपाल सिन्धुपाल्चाेककाे पुर्ण बैठक सम्पन्न
सिन्धुपाल्चाेक, ९ असार । राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपाल सिन्धुपाल्चाेककाे पुर्ण बैठक सम्पन्न भएकाे छ ।
बैठक काभ्रेपलाञ्चाेककाे जिराेकिलाेमा भएकाे हाे । राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालमा आबद्ध सात वटा घटक संगठनहरूसहितकाे पुर्ण बैठक हाे ।
संगठनमा जनसाहित्यिक संघ, जनपक्षिय चलचित्र संघ, राष्ट्रिय ललितकला संघ, राष्ट्रिय भाषा तथा लाेक साहित्य संघ, राष्ट्रिय जननाट्यकर्मी संघ, राष्ट्रिय संगित कलाकार संघ नेपाल र राष्ट्रिय सामाजिक सांस्कृतिक संघ आबद्ध रहेका छन् ।
बैठककाे प्रमुख अतिथिमा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रामचन्द्र न्यौपाने (आर सी), बिशेष अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपाल, अतिथिहरुमा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपाल तथा प्रलेसका केन्द्रीय सदस्य, बालअधिकार अभियन्ता, बरिष्ठ साहित्यकार डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) एमाले जिल्ला अध्यक्ष कमल नेपाल, सचीव रामचन्द्र बस्नेत जिल्लाका बरिष्ठ साहित्यकार जगन्नाथ आचार्य, एमाले बागमती संगठन कमिटीका सदस्य बालकृष्ण देउजा लगायतको उपस्थिति रहेकाे थियाे ।
पुर्ण बैठकले राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपाल सिन्धुपाल्चाेकमा रिक्त रहेकाे सचिव पदमा नेपाली काङ्ग्रेसबाट एमालेमा प्रवेश गर्नु भएका बुद्धिध्वज तिमल्सिनालाई सचिवमा सर्वसम्मत चयन गरेका छन् भने राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ, सिन्धुपाल्चोकको संयोजकमा कलाकार अर्जुन कार्कीलाई मनाेनयन गरेकाे छ ।
बैठकले मदन जयन्तीको अवसरमा असार १६ गते शनिबार चौतारामा साहित्यिक र सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेकाे छ भने २०८० साल भित्र १२ वटै पालिकामा राष्ट्रिय जन सांस्कृतिक महासंघ गठन गर्ने जनाएकाे छ ।
त्यस्तै बैठकले किसान महासंघ सिन्धुपाल्चोकले असार १५ गते मेलम्चीमा आयोजना गर्ने रोपाइँ कार्यक्रमलाइ सघाउने निर्णय गरेकाे छ ।