मिटर व्याजसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडाैं, १२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएकाे छ।

राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गर्नुभएकाे हाे ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयाे ।

बिहीबार उक्त विधेयक राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको थियो ।