रामगोपाल कर्माचार्यको अविश्रान्त स्काउट यात्रा सार्वजनिक
भक्तपुर, २ भदाै । पूर्व प्रधानाध्यापक, शिक्षासेवी, समाजसेवी एवं स्काउटर रामगोपाल कर्माचार्यद्धारा लिखित अविश्रान्त स्काउट यात्रा नामक संस्मरण सार्वजनिक भएको छ ।
भक्तपुरको गोल्मढीका कर्माचार्यद्धारा लिखित अविश्रान्त स्काउट यात्रा नामक जीवन संस्मरण भक्तपुरकै मिवाछेंस्थित एभरेष्ट स्कुलमा विमाेचन भएकाे हाे ।
कार्यक्रममा पुस्तकका लेखक रामगोपाल कर्माचार्यकाे लेखकका सहोदर भाइ महेन्द्रगोपाल कर्माचार्य, विजय कर्माचार्यलगायतले पुस्तकबारे विविध चर्चा परिचर्चा गरेका थिए ।
लामाे समय शिक्षण पेशा र स्काउटमा आबद्ध कर्माचार्यले विभिन्न आराेह र अवराेहकाबीच पुस्तक प्रकाशनमा सहभागी भएकाे बताउँदै यस्काे श्रेय आफ्नाे भाइ, छाेरा, छाेरी र आफ्ना आफन्त रहेकाे बताए ।
नेपाल स्काउटका राष्टिय प्रशिक्षक पूर्व मुख्य आयुक्त वरिष्ठ स्काउटर रामवदन जोशीलगायतले सामूहिक रुपमा पुस्तकको विमाेचन गरेका हुन् ।
कार्यक्रममा नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी, पूर्व प्रमुख आयुक्त श्रीराम लामिछाने, पूर्व सहप्रमुख आयुक्त रवीन्द्रप्रसाद पाण्डे, पूर्व अन्तर्राष्टिय आयुक्त रत्नकाजी निरौला, मैया त्वानाबासु, नेपाल स्काउटका वागमति संयोजक शिवराम अर्याल, अनुशिलन नेपालका अध्यक्ष एवं सम्पादकद्धयमध्येका एक जीवनाथ अधिकारी, पुस्तकको प्रकाशक संस्था कमला भक्त प्रतिष्ठानका संस्थापक उपाध्यक्ष कमला राजभण्डारी विशेष अतिथि रहेका थिए ।
रामगोपालकाे बारेमा लेखिएका जीवनी दुई खण्डमा विभाजित छन् । पहिलो खण्डमा रामगोपालका दृष्टिमा स्काउट र दोश्रोमा स्काउटरहरुका दृष्टिमा रामगोपाल रहेका छन् । पहिलो खण्डमा लेखक कर्माचार्यले स्काउटकाबारेमा लेखेका १५ वटा लेखहरु संकलित छन् । दोश्रो खण्डमा विभिन्न स्काउटरहरुले रामगोपालकाबारेमा लेखिएका एकएक गरी १९ वटा लेखहरु समावेश छन् ।
पुस्तकको प्रकाशन कमलाभक्त प्रकाशन मिवाछें भक्तपुरले गरेको हो । पुस्तकको सम्पादन जीवननाथ अधिकारी र महेन्द्रगोपाल कर्माचार्यले गरेका छन् । पुस्तक विमोचन कार्यक्रमको सभापतित्व प्रकाशक कमलाभक्त प्रकाशन मिवाछें भक्तपुरका अध्यक्ष भक्त राजभण्डारीले गरेका थिए ।
पुस्तक एक सय ६० पृष्ठको रहेकाे छ भने पुस्तकको मूल्य तीन सय पाँंच रुपैयाँं राखिएको छ ।