काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खसेर दुर्घटना

काठमाडौं, ६ भदौ । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्ग अन्तर्गत त्रिशूली नदीमा खसेको छ ।

धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई यात्रुवाहक बस त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशूली नदीमा खसेको हो।

एसपी मिश्रले आफू पनि त्यस ठाउँमा जाँदै गरेको र थप विवरण आउन केही समय लाग्ने जानकारी दिए।