‘वासुदेव लुइँटेल पुरस्कार’ चट्याङ माष्टरलाई
काठमाडौं, २१ भदौ । वासुदेव लुइँटेल पुरस्कार(२०७९ ) हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ ।
एक लाख एघार हजार एक सय एघार रूपैया नगद राशी सहितकाे पुरस्कार यसवर्ष हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतम लाई प्रदान गर्न लागेकाे हाे ।
त्यसैगरी चूडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुइँटेल सम्मान प्रदान गरिने भएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यका अनुसार दोसल्ला र सम्मानपत्रसहितकाे पुरस्कारयही भदौ २३ गते शनिबार एक समारोहका बीच प्रदान गरिनेछ ।