सर्वाेच्चकाे फैसलापछि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीकाे प्रतिक्रिया-संविधान मिच्नुहुन्न भन्ने सबक
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहनु भएका काेसी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले अदालतकाे आजकाे फैसला स्वागतयोग्य भएको भन्दै खुशी व्यक्त गर्नु भएको छ ।
फैसलापछि मैत्रीन्युसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनु भएको हाे । उहाँले मैत्रीन्युजसँग गरेकाे संक्षिप्त कुराकानीमा भन्नुभयाे, ‘याे फैसला स्वागतयोग्य छ, राजनीतिक दलहरुले कहिलेकाहीँ जानेर वा नजानेर संविधान,कानुनलाई मिच्ने काम गरेका हुन्छन् । त्यसलाई सबक हुने गरि आएकाे छ ।’ म त्यसलाई स्वागत र सम्मान पनि गर्छु । यसकाे आधारमा सबैभन्दा ठूलो राजनीति दल नेपाली कांग्रेससँगै मुलुकका सबै राजनीतिक दललाई काेसी प्रदेश र अन्य ठाउँमा पनि मिलेर अघि बढ्न आग्रह गर्दछु ।
अदालतकाे आजकाे निर्णयले हामीलाई पाठ पनि भएको छ । हामीले बेलाबेलामा सहकार्य र राजनीतिक निर्णयका आधारमा संविधान मिच्नुहुन्न, नियम मिच्नुहुन्न भन्ने पनि सन्देश दिएको छ ।