नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट एमाले पार्टी कार्यालय लगिदै
काठमाडाैं, २६ भदाै । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिएको छ।
नेम्वाङको पार्थिव शरीरलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको हाे ।
एमाले केन्द्रीय कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । नेम्वाङको आज बिहान निधन भएको थियो । उहाँकाे हृदयघातका कारण निधन भएको हो।
संविधान सभाका तत्कालीन अध्यक्षसमेत रहनुभएका नेम्वाङको सम्मानमा सरकारले राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। सरकारले नेम्वाङको अन्त्येष्टिका दिन बिदा दिने निर्णय गरेको छ।