सानिमामाई हाइड्रोपावरले बोनस सेयर दिने

काठमाडौं, १६ असोज । सानिमामाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई लाभांश दिने भएको छ ।

कम्पनीकाे १५ असोज सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनकाे लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २३ कात्तिकमा १२ औं वार्षिक साधराणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभामा सहभागी हुन र लाभांशको लागि २४ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार २३ असोजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *