घोराही सिमेन्टको आईपीओ किनेकाे मुल्यभन्दा घट्याे, लगानीकर्ता घाटामा

काठमाडाैं, २९ असाेज । घोराही सिमेन्टकाे शेयर मूल्य निरन्तर ओरालाे लागेपछि आईपीओकाे मुल्य भन्दा तल झरेर काराेबार भइरहेकाे छ ।

निरन्तर घट्दो ट्रेन्डमा रहेको घोरोही सिमेन्टको मूल्य सोमबार १:१० बजे कारोबार समयमा ४ सय १७ रुपैयाँमा कारोबार भइरहेको छ ।

आईपीओ होल्ड गर्ने लगानीकर्ता समेत प्रति कित्ता १८ रुपैयाँ घाटा खानु परेकाे छ । साेमबारकाे काराेबार अझै जारी छ । नेप्सेकाे घटाइसँगै घाेराही सिमेन्टकाे शेयर मूल्य निरन्तर घटिरहेकाे छ ।

१ सय अंकित मूल्यको शेयर ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा सर्वसाधारणलाई निष्काशन गरेको थियो ।