खाद्यले थाल्याे खसीबोका र च्याङ्ग्रा बिक्री (नाैं तस्वीर )
काठमाडौं, ३० असोज, । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरू गरेको छ ।
खाद्यले आजदेखि सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री सुरू गएको हो । कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र जिउँदो च्याङ्ग्राको १२५० रुपैयाँ ताेकेकाे छ ।
खाद्यले यो वर्ष २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएको छ ।
(तस्वीर राज महर्जन )