माथिल्लो मैलुङको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ४२०ले पाए १० कित्ता

काठमाडाैं, ३ कात्तिक । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएको थियाे।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। यस अनुसार कुल १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *