सुनको मूल्यले आज फेरी बनायाे नयाँ रेकर्ड

काठमाडौं, ३ कात्तिक । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिन बिहीबार सबैभन्दा उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज पुन नयाँ रेकर्ड कायम गरेको हो ।

हिजो मात्रै हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुनकाे मूल्य आजै प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएकाे हाे ।

यसदिन सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ ।