जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

गुल्मी, १४ कात्तिक । गुल्मीमा जङ्गली च्याउ खाएर तीन जना बिरामी परेका छन् ।

गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरू एकै घरका सदस्य हुन् ।

बिरामी परेका तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे ।

उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिताका श्रीमान् वृषबहादुर कुमालले बताउनुभयो ।