माछापुच्छ्रे बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडाैं, ५ मंसिर । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गरेको लाभांश नेप्सेमा सूचीकृत भएको छ।
मंगलबार नेप्सेले बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता शेयर सूचीकृत गरेको हो। बैंकले गत वर्षको कमाइबाट १३.३० प्रतिशत लाभांश वितरण गरेको थियो सोहि लाभांश मंगलबार नेप्सेमा सूचीकृत भएको हो।
शेयरधनीले आफ्नो हितग्राही खातामा बोनश शेयर आएपछि नेप्सेमा खरिदबिक्री गर्न सकिने बैंकले जनाएकाे छ ।
