निषेधित क्षेत्र घोषणाविरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडाैं, ८ मंसिर । माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो

शुक्रबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले अधिवक्ता स्वागत नेपालले माग गरेको आदेश किन जारी नगर्ने भन्ने प्रश्नको लिखितरूपमा जवाफ दिन जिल्ला प्रशासनलाई भनेको हो।

अधिवक्ता नेपालले उक्त निर्णय खारेज गर्न आदेश माग्दै रिट दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *