संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डे सिफारिस

काठमाडौं, २४ मंसिर । संघीय संसदका महासचिव डा. भरतराज गौतमकाे राजीनामापछि उहाँको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस हुनुभएकाे हाे ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गर्नुभएकाे छ ।

यसअघि संसद सचिवालयका महासचिव रहनुभएका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिनुभएकाे थियाे । उहाँको राजीनामा स्वीकृत भएसँगै पाण्डेको नाम सिफारिस गरिएको हो ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।