न्यायाधीशपत्नी आरती सर्वोच्च अदालतकाे गेटबाटै पक्राउ

काठमाडौं, २ माघ । न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावल सर्वोच्च अदालतकाे गेटबाटै पक्राउ परेका छन् ।

दुई दिनअघि सर्वोच्च गेटभित्रै पसेर आत्मदाह प्रयास गरेकी आरतीले आज न्याय माग्दै सर्वोच्च अदालतकाे गेटमा पुगेपछि विरोध प्रदर्शनको प्रयास गर्दा प्रहरीले पक्राउ गरेका हुन् ।

न्यायाधीश गिरीले आफूलाई वैवाहिक बलात्कार गरेको आरोप लगाउँदै आरती कानूनी लडाइँमा छिन् । उनको मुद्दा अदालतमा विचाराधीन छ ।

आरतीले ज्याकेटभित्र सेतो टिसर्ट लगाएकी थिइन्, जसमा न्यायको मागसहितको नारा लेखिएको थियो । सर्वोच्च गेटमा पुगेर उनले ज्याकेट खोल्ने प्रयास गर्दागर्दै प्रहरीले नियन्त्रणमा लिएका थिए ।