सुनको भाउमा आजपनि रेकर्ड, १ लाख २५ हजारमा कारोबार
 
                              काठमाडौं, २४ फागुन । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार पुगेकाे हाे ।
नेपाली सुनचाँदी बजार अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर प्रतितोला एक लाख २५ हजारमा काराेवार भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २२ हजार ९ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			