सर्वोच्च अदालतभित्रबाट दुर्गा प्रसाईँका बडीगार्ड हतियारसहित पक्राउ
काठमाडौं, ५ चैत्र । सर्वोच्च अदालत भित्रबाट दुर्गा प्रसाईँका बडीगार्ड हतियारसहित पक्राउ परेका छन् ।
सोमबार सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेका झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपालले जनाएकाे छ ।
पक्राउ पर्ने दीपक खड्कासहित दुई जना रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एउटा पेस्तोल बरामद गरिएकाे छ ।