वर्षको अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतीमा भयाे काराेवार?

काठमाडौं, ३० चैत । वर्षको अन्तिम दिन आज सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ ।

आज शुक्रबार सुनकाे मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यबसायी संघका अनुसार सुनकाे मूल्य हालसम्मकै उच्च मूल्य कायम भएको हाे ।

संघका अनुसार तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ ।

योसँगै २०८० सालमा सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो ।