खास्ति नेवा: पुच:को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं, ११ जेठ । बुद्ध जयन्तीको अवसरमा खास्ति नेवा: पुच:ले रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ ।

बौद्धस्थित चैत्य परिसरमा खास्ति नेवा: पुच:को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त रक्तदान कार्यक्रममा २१३ जनाले रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गरेकाे ब्लड डाेनर्स एसाेसिएसन नेपालका केन्द्रीय काेषाध्यक्ष मचाकाजी महर्जनले बताउनुभयाे ।

उक्त रक्तदान कार्यक्रममा रगत संकलन नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा ताहाचलका प्राविधिकहरुले गर्नुभएकाे हाे । रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाहरूले सहयाेग गर्नुभएकाे थियाे ।